News

Sep 7, 2010

सातौं पटकको चुनावमा पनि दाहाल र पौडेल पराजित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २२,प्रधान मन्त्रीका लागि सातौं पटकको चुनावमा पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कङ्ग्रेस नेता रामचन्द्र पौडेल पराजित भएका छन्। दाहालले २ सय ५२ मत ल्याएका छन्। उनको विपक्षमा १ सय १० मत पर्‍यो भने तटस्थमा १ सय ५९ मत रह्यो। उनको मतदानका बेला ५ सय २१ सभासद् उपस्थित थिए। यसैगरी पौडेलको पक्षमा १ सय १९ मत परेको छ भने विपक्षमा २ सय ४५ मत पर्‍यो। ५ सय १५ उपस्थित सभासद्‍मध्ये १ सय ५१ मत तटस्थ रहे। यस पटक प्रधान मन्त्रीमा माओवादीलाई मत दिने निर्णय गरेको मधेशी जनअधिकार फोरमले उसलाई मत दिएन। आज पनि फोरम अघिल्लो चुनावझैं 'नो भोट' को अवस्थामा बस्यो। हिँजोमात्र फोरमले मधेशी मोर्चाबाट अलग भई माओवादीलाई मत दिने निर्णय गरेको थियो। फोरम लोकतान्त्रिक भने मतदान प्रक्रियामै सामेल भएन।

No comments: