News

Sep 7, 2010

टेप प्रकरणमा कांग्रेसद्वारा सभामुखको ध्यानाकर्षण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीका विदेश विभाग प्रमुख कृष्णबहादुर महराले चिनिया अधिकारीसँग भएको भनिको वार्ताका विषयमा सार्वजनिक भएको सीडी प्रकरणका विषयमा नेपाली काँग्रेसले सभामुख सुवास नेम्वाङ्गको ध्यानाकर्षण गराएको छ।नेपाली काँग्रेसको संसदीय दलको कार्यसमितिको पदाधिकारीले घटनाप्रति आपत्ति जनाउँदै घटनाको छानबिन हुनुपर्ने माग गरेका हुन्।त्यस्तै सभासदहरु नै अनैतिक क्रियाकलामा संलग्न भएका खबरहरु सार्वजनिक भएपछि नागरिक समाजले स्वतन्त्र छानविनको माग गरेको छ। नागरिक समाजको एक प्रतिनिधिमण्डलले छनविनको माग गर्दै आज व्यवस्थापिका संसदका सभामुख सुभस नेम्वाङको ध्यानाकर्षण समेत गराएको छ।ध्यानाकर्षणस्वरुप उनीहरुले ज्ञापन-पत्र बुझाएका छन्। सरकार गठनको प्रक्रिया चालु रहेको अवस्थामा पछिल्ला दिनमा सभासदहरु नै अनुचित र असंसदीय क्रियाकलापमा संलग्न रहेको भन्ने खबरले नागरिक समाजलाई स्तव्ध बनाएको ज्ञापन-पत्रमा उल्लेख छ। ज्ञापनपत्र बुझ्दै सभामुख नेम्वाङले दलहरु र सरकारसँग छलफल गरी कानूनी प्रक्रिया अनुरुप नै त्यस्ता गतिविधि नियन्त्रणको प्रयास गरिने बताउनुभएको थियो।सांसदहरुको खरीदविक्रीको सार्वजनिक टिप्पणीले सार्वभौम संसदको गरिमा र सम्मानमा आँच पुगेको नागरिक समाजको ठहर छ। उनीहरुले यस्ता विषयले संसद बैठकमा प्रवेश पाउनुपर्ने माग समेत गरेका थिए। प्रतिउत्तरमा नेम्वाङले यस्ता विषयलाई छिट्टै संसदमा प्रवेश गराउने आश्वासन दिनुभएको थियो।

No comments: