लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२० भाद्र, छैठौं चरणको प्रधानमन्त्री निर्वाचनको पूर्व सन्ध्यामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक घटक मधेसी जनअधिकार फोरम मोर्चाबाट अलगिएको छ । छैठौं चरणको निर्वाचनमा मतदान गर्ने/नगर्ने विषयको अन्तिम टुंगो लगाउन आइतबार बसेको मधेसी मोर्चाको बैठक चलिरहँदा मधेसी जनअधिकार फोरमका नेताहरु पार्टी निर्णय अनुसार अघि बढ्ने भन्दै बैठक स्थलबाट बाहिरिएका थिए ।मधेसको मुद्धालगायत मोर्चाले सार्वजनिक गरेको अवधारणा पत्रमा कुनै प्रगति नभएकाले छैठौं चरणको निर्वाचनमा पनि तटस्थ बस्नुपर्नेबारे बैठकमा छलफल चल्दै गर्दा फोरमका नेताहरु बैठक छोडेर बाहिरिएको सदभावनाका सहमहासचिव मनिषकुमार सुमनले जानकारी दिनुभयो ।मोर्चामा आवद्ध सदभावनाका सहमहासचिव सुमनले अनलाइनखबरसँग भने, ‘आफूहरुले अघि सारेको अवधारणापत्रमा कसैले नस्विकारेकाले छैटौं पटकको निर्वाचनमा पनि मोर्चामा आवद्ध तीन दल तटस्थ बस्ने छ ।’लगातारको निर्वाचनमा तटस्थ बस्दा मुलुक अनिर्णयको बन्दी बनेको भन्दै फोरमले तटस्थ बस्न नहुने धारणा राखेका थिए । फोरमले अघि सारेको धारणामा मोर्चामा आवद्ध अन्य तीन दलले असहमति जनाएका थिए । तीन दलले असहमति जनाएपछि फोरमका नेताहरु आफ्नै पार्टीको निर्णय अनुसार अघि बढ्ने भन्दै बाहिरिएका थिए ।मोर्चामा दुवै फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना पार्टी आवद्ध छन् । मोर्चामा आवद्ध चारवटै दलसँग कुल ८२ सभासद् छन् । फोरमसँग मात्र २५ जना सभासद छन् ।
No comments:
Post a Comment