लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र २० - सरकार बन्ने अनिश्चितताले गर्दा बजेट नआउने भएपछि नेपालको एसियाड सहभागिता अन्योलमा परेको छ । असोजभित्र बजेट नआए नेपालले चीनको गोन्जाउमा हुने १६ औं एसियाडमा सहभागिता जनाउन नपाउने अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताए । 'असोजभित्रमा बजेट नआए नेपालले एसियाडमा भाग लिन पाउने छैन,' मन्त्री पाण्डेले भने, 'त्यसपछि राष्ट्रको इज्जत कहाँ पुग्छ ?' अन्तरिम संविधान २०६३ को धारा ९६ 'क' मा गत वर्षको खर्चको एकतिहाई खर्च गर्न पाउने व्यवस्था छ । गत वर्ष एसियाड नभएका कारण यसपल्ट खर्च उपलब्ध हुने छैन । मन्त्री पाण्डेले खेलकुद मन्त्रालयलाई दिएको खर्च रकमान्तरण गर्दासमेत एसियाडका लागि खर्च नपुग्ने बताए ।
अर्थ मन्त्रालयका बजेट महाप्रबन्धक बोधराज निरौलाले अघिल्लो वर्षको एकतिहाई बजेटले खेलाडीको प्रशिक्षण भइरहेको बताए । कात्तिकको पहिलो सातासम्म बजेट आए एसियाडमा नेपालले सहभागिता जनाउन सक्ने उनले बताए । अझै एक महिनाभन्दा पनि बढी समय बाँकी रहेकाले त्यसबेलासम्म केही निकास निक्लन सक्ने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव हरिबाबु चौधरीको भनाइ छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष धु्रवबहादुर प्रधानले सरकारले एसियन गेम्सका लागि ढिलै भए पनि बजेट निकासा गरेर खेलाडीलाई गोन्जाउ पठाउनुपर्ने जानकारी दिए । सन् १९५१ मा भारतमा भएको पहिलो एसियाडदेखि सहभागिता जनाउँदै आएको नेपालका ८७ खेलाडीले १४ खेलमा यसपल्ट प्रतिस्पर्धा गर्नेछन् ।

No comments:
Post a Comment