लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २२,प्रधान मन्त्रीको आठौं पटकको चुनाव असोज १० मा हुने भएको छ। मङ्गलबार भएको चुनावबाट पनि प्रधान मन्त्री चयन हुन नसकेपछि संसदको अर्को बैठक असोज १० गते दिउसो ३ बजेका लागि बोलाइएको हो। प्रधान मन्त्री माधवकुमार नेपालले गत असार १६ गते राजिनामा दिएपछि अहिलेसम्म ७ पटक चुनाव भइसकेका छन्। ती सबै निर्वाचनमा व्यवस्थापिका-संसदमा कायम रहेको सङ्ख्याको ५१ प्रतिशत (३००) मत प्राप्त नगरेका कारण कुनै पनि उम्मेदवार निर्वाचित हुन सकेका छैनन्। प्रधानमन्त्रीका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन्। कुनै एक उम्मेदवारले बहुमत प्राप्त नगरेसम्म मतदानको प्रक्रिया दोहोरिँदै जाने संसद् नियमावलीको व्यवस्थाअनुसार मंगलबार सातौं पटक पनि दाहाल र पौडेलबीच प्रतिस्पर्धा हुनेछ।
No comments:
Post a Comment