News

Sep 3, 2010

सांघाईमा विश्व एक्स्पो नेपाल दिवस मनाइँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ,
भाद्र १८ - चीनको सांघाईमा आयोजित विश्व एक्स्पोमा शुक्रबार 'नेपाल डे' (नेपाल दिवस) मनाइँदै छ । आयोजकले सहभागी प्रत्येक मुलुकका लागि एक विशेष दिन छुट्टयाएकाले नेपाल दिवस शुक्रबार परेको हो । विशेष समारोहमा सहभागी हुन उप तथा परराष्ट्रमन्त्री सुजाता कोइराला बिहीबार साँझ सांघाई पुगिसकेकी छन् । साँस्कृतिक प्रस्तुतिका लागि नायक श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा दस सदस्यीय टोली पनि पुगेको छ । समारोहमा एक्स्पोमा सहभागी १ सय ८९ मुलुककै प्रतिनिधिलाई निम्तो दिइएको मण्डलाका निर्माण तथा सञ्चालक इम्प्िलमेन्टिङ एक्स्पर्ट ग्रुपका अध्यक्ष अमृत शाक्यले बताए । नेपाल डेको मुख्य आकर्षण लुम्बिनीबाट ल्याइएको शान्तिद्वीप हो । शान्तिद्वीपलाई शुक्रबार बिहान ९ बजे र्‍यालीका साथ एक्स्पो द्वारबाट करिब तीन किलोमिटरको दूरीमा रहेको नेपाल पेभिलियनमा पुर्‍याई पदस्थापन गरिने कार्यक्रम छ । त्यसपछि शान्तिद्वीपको ज्योति चीन पेभिलियन र एक्स्पो सेन्टरमा पनि पुर्‍याइनेछ ।
लुम्बिनीबाट शान्तिदीपलाई बुटवल, पाल्पा, स्याङ्जा, वालिङ र पोखरा हुँदै काठमाडौं हवाई मार्गबाट संघाई ल्याइएको हो । 'शाक्यमुनि बुद्धको पवित्र जन्मथलोबाट ल्याइएको शान्तिद्वीप चिनियाँ नागरिकलाई दिन लगिएको मायाको चिनो हो,' एक्स्पर्ट ग्रुपका अध्यक्ष अमृत शाक्यले भने, 'यसले चिनियाँमा बुद्धको वास्तविकता उजागर गर्न ठूलो मद्दत पुग्नेछ ।' शान्तिद्वीप विश्वशान्तिको कामना, एक्स्पो र चीनको सफलतालगायत नेपाल-चीन ऐतिहासिक साँस्कृतिक सम्बन्धको प्रतीकका रूपमा रहने शाक्यले बताए ।

No comments: