News

Sep 3, 2010

अनमिनलाई फिर्ता निर्णयप्रति तीन आदिवासी दलको आपत्ति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङबुङ
भाद्र १५, २०६७,कामचलाउ नेपाल सरकार र केही दलहरूले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन मध्यस्थताको भूमिका खेलिरहेको अनमिनको समय थपगर्न नहुने भनी गरेको निर्णयप्रति तीन आदिवासी दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी र नेपाः राष्ट्रिय पार्टीले गम्भीर ध्यानआकर्षण भएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् । यस सन्दर्भमा अनमिनलाई नेपाल सरकारले नेपालको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन मध्यस्थताको भूमिका निर्वाह गर्न आमन्त्रण गरेको र हाल नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुग्नको सट्टा झन जटिल मोडमा पुगेको अवस्था भएको कुरा ती तीन दलद्वारा संयुक्त रुपमा प्रेसित विज्ञप्तिमा जनाइएको छ । त्यसकारण, तत्काल अनमिनलाई फिर्ता पठाउनु भनेको शान्ति प्रक्रिया भङ्ग हुने र संविधानसभा विगठन हुने खतरासमेत भएको निष्कर्ष सहित ती ३ दलले अनमिनलाई फिर्ता पठाउने निर्णयप्रति गम्भीर आपत्ति जनाएका हुन् । सोही प्रेस-विज्ञप्तिमार्फत नेपालको शान्ति प्रक्रिया टुङ्गोमा नपुगुञ्जेल अनमिनको समयावधि थप हुनुपर्ने माग गरेका छन् ।भाद्र १५ गते तीन दलद्वारा प्रेसित संयुक्त प्रेस विज्ञप्तिमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माखिम, राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव बयानसिङ रार्इ र नेपाः राष्ट्रिय पार्टीका महासचिव विजय सैंजूले हस्ताक्षर गरेका छन् ।

No comments: