News

Sep 9, 2010

राष्ट्रसङ्घका महासचिवले कार्यादेशलाई नै थमौती गर्न सिफारिस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २४,संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले विधिवत् गठन हुने सरकारसँग आवश्यक छलफलका लागि समय उपलब्ध गराउन भन्दै विद्यमान कार्यादेशलाई नै थमौती गर्न परिषद्समक्ष सिफारिस गरेका छन्। नेपालमा यतिबेला कामचलाउ सरकार भएको र राजनीतिक दलहरु सरकार निर्माणको विषयमा ध्यान केन्द्रित गरिरहेको अहिलेको अवस्थामा मिसनको भूमिकाका सम्बन्धमा रचनात्मक विचार आदानप्रदानका लागि अनुकूल हुन नसकेको पनि महासचिव वानको प्रतिवेदनमा उल्लेख छ।छलफलहरुबाट मिसनको भूमिकाबारे स्पष्टता नआएमा वा विस्तृत शान्ति सम्झौता एवम् हतियार तथा सेनाको व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौताका पक्षहरुले प्रतिबद्धता पूरा गर्न यथार्थपरक तथा समय तोकिएको प्रतिबद्धता र अनमिनको अनुगमन अन्त्य गर्ने कुरामा सहमति जनाउने सम्भावना भएन भने म अनमिनको कार्यादेश अन्त्य गर्ने सम्भावनाका साथै अन्य वैकल्पिक उपायहरु प्रस्ताव गर्छु- उनको

No comments: