लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुम्बई, भदौ २० - गोलमाल ३ सार्वजनिक गर्ने तयारीमा रहेका बलिउडका अभिनेता अजय देवगानले सार्वजनिक स्थानमा चुरोट खाएवापत २ सय रुपैयाँ जरिवाना तिरेका छन्। गोलमाल ३ को सुटिङकै समयमा भारतको चर्चित वीच गोवामा उनले सार्वजनिक स्थानमा चुरोट खाएको उजुरी परेको थियो। आइनोक्स सिनेमा हल नजिकै उनले चुरोट खाएको आरोपसहित राष्ट्रिय धुम्रपान नियन्त्रण कार्यालयमा उजुरी परेको हो। उक्त कार्यालयले उनलाई सार्वजनिक स्थानमा चुरोट खाएवापत २ सय रुपैयाँ तिर्न निर्देशन दिएको थियो। गत वुधबार मात्रै अजयका सहयोगीले चुरोट खाएको मूल्य तिरे। सन् २००३ मा भारतले सार्वजनिक स्थानमा चुरोट खान निषेध गरेको छ। त्यतिमात्र होइन धुम्रपान नियन्त्रणका लागि भारतीय फिल्ममा चुरोट खाएका दृष्य समेत राख्न प्रतिवन्ध लगाइएको छ। त्यसो त नेपालमा पनि सार्वजनिक स्थानमा चुरोट खान निषेध गरिएको छ। न कसैले चुरोट खान छाडेका छन् न कसैमाथि कारबाही नै भएको छ।
No comments:
Post a Comment