News

Mar 1, 2009

थारु कल्याणकारिणी सभाले आन्दोलनको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एक मधेस एक प्रदेशको विरोधमा उत्रिएको थारु कल्याणकारिणी सभाले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।स्वायत्त थारुहट प्रदशेको माग गर्दै थारुसभाले आन्दोलन शुरु गर्ने लागेको हो । गएराति चितवनमा बसेको सभाको बैठकले भोलिदेखि चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।थारुसभाले आज चितवनको सौराहमा पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार चक्काजाम, पम्प्लेट वितरण, थारु जागरण अभियान लगायतका कार्यक्रम गरिनेछ । थारु कल्याणकारिणी सभाको केन्द्रिय बैठकले ६ बुँदे राजनीतिक प्रस्ताव समेत पारित गरेको छ ।

No comments: