लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
खोटाङ, श्रावण २४ - बढी खर्च लाग्ने डरले हवाईजहाजको सट्टा गाडीमा हुइँकिनेहरू धेरै छन् । खोटाङवासीका हकमा भने गाडीको भन्दा हवाईजहाजको यात्रा सस्तो पर्छ भन्दा अनौठो लाग्न सक्छ । तर वास्तविकता यही हो । राजधानी, क्षेत्रीय कार्यालय वा अञ्चल कार्यालय जानुपर्यो भने खोटाङवासी हवाई यात्रै रोज्छन् ।
जिल्लाको तीन विमानस्थलमध्ये लामिडाँडाबाट काठमाडौं पुग्न नेपाल वायुसेवा निगमको जहाजमा २ हजार २ सय सय रुपैयाँ लाग्छ । त्यस्तै सीता एयरको जहाजमा २ हजार ३ सय रुपैयाँ लाग्छ । दुवै जहाजबाट ३० मिनेटमा काठमाडौं पुगिन्छ । विराटनगर जानुपरे १ हजार ४ सय ९५ तिरेपछि २५ मिनेटमा पुगिन्छ ।
अर्को पुरानो सदरमुकाम खोटाङ बजार नजिक रहेको थामखर्क विमानस्थलबाट विराटनगरका लागि १ हजार ३ सय २५ रुपैयाँ र काठमाडौंका लागि २ हजार ३ सय ६५ रुपैयाँ जहाज भाडा लाग्ने गरेको नेपाल नागरिक उड्डयान प्राधिकरणका कर्मचारी तथा स्टेसन म्यानेजर नरेन्द्र उदासले बताए । सदरमुकामसँगैको मनमाया राई विमानस्थलमा भने टावर कर्मचारी नआउँदा बैशाख १ देखि उडान रोकिएको छ ।

No comments:
Post a Comment