News

Sep 5, 2010

दाहाल र पौडेल छैटौं पटक पनि प्रधानमन्त्रीमा पराजित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २०,माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कङ्ग्रेस नेता रामचन्द्र पौडेल छैटौं पटक पनि प्रधान मन्त्रीमा पराजित भएका छन्। दाहालले जम्मा २ सय ४० मत ल्याए। उनको विपक्षमा १ सय १ मत परेको थियो भने ६३ मत तटस्थमा पर्‍यो। मतदान प्रक्रियामा सहभागीको सङ्ख्या भने ४ सय ५ थियो। यसैगरी कङ्ग्रेस नेता रामचन्द्र पौडेलको पक्षमा १ सय २२ मत परेको छ। उनको मतदानका बेला १ सय ७२ मत तटस्थ बसे।यसैबीच आजको प्रधान मन्त्री चुनावमा मधेशी मोर्चा विभाजित भएको छ। जसअन्तर्गत उपेन्द्र यादवको मधेशी जनअधिकार फोरम नेपालले 'नो भोट' मा जाने निर्णय गरेको छ। जसअनुसार उसले कसैलाई पनि भोट हालेन भने तटस्थ पनि बसेन। फोरमको यो निर्णयसँगै मधेशी मोर्चा विभाजित भएको स्पष्ट भएको छ। यो मोर्चामा मधेशका चार दल सम्मिलित थिए।एमाले, मालेलगायत् थुप्रै दल र मधेशी मोर्चाका अन्य तीन दल आजको चुनावमा पनि तटस्थ बसे। उम्मेद्वारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेकाले कोही पनि प्रधान मन्त्रीमा चुनिन नसकेका हुन।

No comments: