लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री निर्वाचनको विषयमा छलफल गर्न व्यवस्थापिका संसद कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ। बैठक संविधानसभा भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । आजको बैठकले आज हुने प्रधानमन्त्री निर्वाचनबाट पनि प्रधानमन्त्री चयन हुने सम्भावना नरहेकाले अर्को निर्वाचनको मिति तय गर्नेछ।पाँच पटकसम्म पराजित प्रधानमन्त्रीका प्रत्यासी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल कसैको पक्षमा पनि बहुमत आउने देखिएको छैन ।यसअघि साउन ५, ७, १७, २१ र भदौ ७ गते भएको निर्वाचनले राष्ट्रलाई प्रधानमन्त्री दिन सकेको छैन । प्रधानमन्त्रीका लागि छैठौ पटकको निर्वाचनका लागि संसद बैठक दिउँसो ३ बजे संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने कार्यक्रम छ।
No comments:
Post a Comment