लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र २४ - मधेसी जनअधिकार फोरमका सचेतक अभिषेक प्रताप शाहले समानुपातिक तथा मनोनित सभासद्हरुलाई मतदान अधिकार नदिन आग्रह गरेका छन् । उनले प्रत्यक्ष निर्वाचित सभासद्हरुको मतका आधारमा प्रधानमन्त्री छान्नुपर्ने बताएका छन् । 'असोज १० गते हुन गइरहेको प्रधानमन्त्रीको आठौं चरणको चुनावमा प्रत्यक्षबाट निर्वाचित सभासद्हरुलाई मात्र मतदान गर्ने अधिकार दिनुपर्दछ,' बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै उनले भनेका छन्, 'यस्तो गर्दा राष्ट्रले छिटो निका पाउनका साथै संविधान निर्माण पनि समयमै हुन्छ ।
सभासद् शाहले समानुपातिक र मनोनित सभासद्हरुले आफ्नो मर्यादा विर्षिएर लोकतन्त्र विपरीत कार्य गरेको आरोप लगाएका छन् । 'यदि समानुपातिक र मनोनित सभासद्हरुलाई मतदान अधिकार दिइन्छ भने लोकतन्त्रकै ठाडो उपहास हो,' विज्ञप्तीमा लेखिएको छ । संविधानसभाको म्याद थपका लागि दबाब दिन गत जेठ १४ अघि चार दिनसम्म आमरण अनसन बसेका सभासद् शाहले असोज १० मा पनि प्रधानमन्त्री चयन हुने सम्भावना भएन भने पुनः आमरण अनसन बस्ने उल्लेख गरेका छन् । 'अहिले नै अनसन बस्ने भनेको होइन, असोज १० गते पनि प्रधानमन्त्री छानिएन भने अवश्य म पुनः अनसनमा बस्छु,' शाहले भने, 'मेरो अनसनले दबाब महसुस गराउने छ ।'

No comments:
Post a Comment