लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र २३ - सातौंपटक पनि प्रधानमन्त्री चयन हुन नसकेपछि माओवादी अन्योलमा परेको छ । उसको पक्षमा समर्थन बढेकाले आउँदो निर्वाचनमा सरकार बन्ने सम्भावना देखेको छ । माओवादीले मात्र उम्मेदवारी फिर्ता लिँदा सहमति बन्ने सम्भावना न्यून भएको र त्यसबाट कांग्रेसलाई सजिलो हुने निष्कर्ष उसको छ । आउँदो निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासदको मत प्राप्त गर्न सक्ने संकेत माओवादीले पाएको छ । फोरमको समर्थन र फोरम लोकतान्त्रिकभित्रको विवादले उसलाई उत्साही बनाएको छ । त्यसैले असोज १० गते हुने निर्वाचनलाई 'एकपटक हेर्ने' मनस्थितिमा पुगेको छ । यसअघि अध्यक्ष पुष्पकमल दाहालले 'मुलुकलाई चक्रब्युह' बाट मुक्त गर्न निर्वाचन प्रक्रियामा पुनर्विचार गर्ने बताएका थिए ।
No comments:
Post a Comment