लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली सेनाले खोलेको भर्नामा अघिल्लो वर्षको तुलनामा कम निवेदन परेको छ। नेपाली सेनाले भने यसपटक नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा सँगसँगैजस्तो भर्ना खुलेकाले तुलनात्मक रूपमा कम परेको जस्तो देखिएको बताएको छ। साउन १७ देखि भदौ १७ गतेको समय दिइएकोमा आवेदन कमजस्तो देखिएपछि अरू सात दिन समय थपेको नेपाली सेनाले यो पटक २ सय ५० क्याडेट अधिकृत र अन्य गरी ३ हजार ४ सय ६४ पदमा भर्ना खोलेको थियेा।ँयुवाहरू नेपाली सेनामा भर्ना भएर देशको सेवा गर्न लालायित छन् भन्ने देखिन्छ, यो संख्यालाई कम भन्न मिल्दैन’ -नेपाली सेनाका प्रवक्ता सहायक रथी रमिन्द्र क्षत्रीले नेपाल समाचारपत्रसँग भन्नुभयो।नेपाली सेनाले नेपालको संविधानअनुरूप पहिलो पटक समावेशी ढंगले भर्ना खोलेको हो।नेपाली सेनाले अधिकृत क्याडेटतर्फमहिला २२, आदिवासी जनजाति ३६, मधेसी ३२, दलित १७, पिछडिएको क्षेत्र ६ र खुला १ सय ३७ गरी कुल २ सय ५० जनाको भर्ना आ³वान गरेकोमा ६ सय २२ महिला, १ हजार १ सय १० आदिवासी जनजाति, ७ सय २२ मधेसी, १ सय ३१ दलित, ७४ जना पिछडिएको क्षेत्र र खुलातर्फ४ हजार ४ सय ६० जनाको आवेदन परेको छ।नेपाली सेनाले सहायक पण्डित ९, अमलदार कर्मचारी ९३, कूचीकार ७२, सूचीकार १५, लोहार ६, नालबन्दी १, साधारण पिपा २ सय ३३, नाऊ ११, वेटर १७ सहित सैन्य गरेर क्याडेट अधिकृतबाहेक कुल ३ हजार २ सय १४ पदमा भर्ना खुला गरेको थियो।माओवादी र राष्ट्रसंघीय मिसन (अन्मिन) को विरोधका बीचमा खोलिएको भर्नामा २ हजार ७ सय ५० महिला, ४ हजार १ सय ६७ आदिवासी जनजाति, ९ सय ८ मधेसी, १ हजार २ सय ५९ दलित, २ सय २२ पिछडिएको र खुलातर्फ३० हजार ९ सय ८५ गरी कुल ४० हजार ८ सय १९ जनाको आवेदन परेको छ।नेपाली सेनाले आवेदनबाट राजस्वस्वरूप ८७ लाख ३८ हजार ३ सय १० रुपियाँ संकलन गरेको जानकारी दिएको छ।
No comments:
Post a Comment