News

Sep 8, 2010

फोरमका सभासद र नेतालाई भौतिक कारबाहीको चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भूमिगत रहेर तराईमा गतिविधि संचालन गरिरहेको तराई जनतान्त्रिक पार्टी, मधेशले मधेसी जनअधिकार फोरम नेपाल र फोरम लोकतान्त्रिकका सभासद तथा नेताहरुलाई भौतिक कारबाही गर्ने चेतावनी दिएको छ ।जनतान्त्रिकका केन्द्रीय अध्यक्ष अर्जुन सिंहले प्रेस विज्ञप्ती जारी गरी सो चेतावनी दिएका हुन ।विज्ञप्तीमा मधेश मुद्दालाई तिलान्जली दिई एकीकृत नेकपा माओवादीलाई समर्थन गरिए दुबै फोरमका सभासद तथा नेता उपर कडाभन्दा कडा भौतिक कारबाही गरिने उल्लेख छ । दुबै फोरमलाई गैर मधेसी संगठनको संज्ञा दिदै मधेश प्रवेशमा निषेध गरिएको विज्ञप्तीमा उल्लेख छ ।चीनको पैसामा मात्तिएर मधेसी मोर्चाको गठबन्धन नतोड्न समेत दुबै फोरमलाई कडा चेतावनी दिएको छ ।

No comments: