News

Aug 1, 2010

यौनव्यवसाय मौलाएको तथ्याङ्क सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १६ - दाङ जिल्लामा यौनव्यवसाय मौलाएको तथ्याङ्क सार्वजनिक भएको छ। यहाँका प्रमुख बजार तुलसीपुर, घोराही, लमही, भालुवाङ, नारायणपुरलगायत स्थानका होटेलमा यौनव्यापार हुने गरेको जिल्लास्थित एक गैरसरकारी संस्थाको अध्ययनले देखाएको छ। सो संस्थाले जनाएअनुसार विशेष गरेर राजमार्गआसपासका होटेल तथा पहाडी गाउँ विकास समितिमा यौनव्यवसायी बढिरहेका छन्। चार वर्षदेखि अध्ययन गरिरहेको सामुदायिक स्वास्थ्य इन्स्टिच्युट (आइसिएच) युनिटी कार्यालयले जिल्लामा छसय ७६ जना यौनकर्मी रहेका जनाएको छ।
उक्त तथ्याङ्क संस्थाको सम्पर्कमा आएकाहरूको मात्र भएको उल्लेख गर्दै आइसिएच युनिटी कार्यालयकी प्रमुख रञ्जना चौधरीले 'यी त हाम्रो सम्पर्कमा आएका यौनव्यवसायी महिलाको मात्र तथ्याङ्क हो, जिल्लामा योभन्दा धेरै यौनव्यवसायी रहेका हाम्रो अनुमान छ' भनिन्।विशेषगरी १५ देखि ४० वर्षसम्मका महिला यौनव्यवसायमा संलग्न रहेका उल्लेख गर्दै उहाँले १८ वर्षमुनिकाहरू पेसामा एकदमै कम रहेका बताउनुभयो। त्यसैगरी सम्बन्धविच्छेद गरेका, श्रीमान् विदेश गएका र कर्मचारीका श्रीमतीसमेत यौनव्यवसायमा संलग्न छन्।

No comments: