लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अवधारणापत्रमाथि आफ्नो धारणा बुझाएको छ। प्रधानमन्त्रीको लागि आफ्नो पक्षमा मत जुटाउने धौडदुपमा रहेको कांग्रेसले मधेसी मोर्चाको मागप्रति पार्टीको धारणा व्यक्त गरेको हो।सदभावना पार्टी संसदीय दलको कार्यालयमा कांग्रेस नेताहरुले आधारपत्रबारे पार्टीको धारणा बुझाएका हुन् । कांग्रेस कार्यवाहक सभापति सुशील कोइराला, संसदीय दलका नेता एवम् प्रधानमन्त्री उम्मेदवार रामचन्द्र पौडेल र सह-महामन्त्री रामशरण महतले मोर्चाको आधारपत्रबारे पार्टीले तयार गरेको धारणा बुझाएका हुन् ।कार्यवाहक सभापति सुशिल कोइरालाको निवासमा आइतबार बसेको पदाधिकारी बैठकले मोर्चाले उठाएको एक मधेस एक प्रदेशको मागलाई अस्वीकार गर्दै संवैधानिक प्रक्रिया अवलम्बन गरी मधेसका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।यसैगरी मधेसवादी दलहरूसँग विगतमा भएको सहमतिका सम्बन्धमा पनि कार्यान्वयन गर्ने प्रतिबद्धता बैठकले गरेको छ ।मोर्चाको अवधारणाविपरीत काँग्रेसले नेपाली सेनामा समूहगत प्रवेश गर्न नसक्ने र राज्य पुनःसंरचना आयोग विघठन गर्नेजस्ता मुद्दामा असहमति जनाएको छ ।कांग्रेसले आत्मनिर्णयको अधिकार भन्ने वाश्यांशमा स्पष्ट हुन मधेसवादी दलहरुलाई आग्रह गरेको छ।यसअघि हिजो एकीकृत नेकपा माओवादीले पनि आफ्नो अवधारणा पत्र बुझाएको थियो।
No comments:
Post a Comment