News

Aug 7, 2010

राज्य पुनः संरचना आयोग औचित्यहीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४ प्रदेश प्रस्तावित गरिसकेको अवस्थामा राज्य पुनः संरचना आयोग गठनको कुनै औचित्य नरहेको राज्य पुनः संरचना तथा राज्य शक्तिको स्रोत बाँडफाँड समितिका सभापति लोकेन्द्र विष्ट मगरले बताउनुभएको छ। आदिवासी जनजाति युवा महासंघद्वारा शुक्रबार आयोजित विचार गोष्ठीमा सभापति मगरले संघीय राज्य निर्माणका लागि सुझाव दिन गठन हुनुपर्ने आयोग संघीय राज्य प्रस्तावपछि कुनै औचित्य नरहेको दाबी गर्नुभयो।उहाले अन्तरिम संविधान २०६३ धारा १३८ को उपधारा २ बमोजिम सो आयोग गठन भइहाले पनि प्रस्तावित १४ संघीय राज्य स्वायत्त राज्यमा प्राविधिक सुझाव मात्र पेस गर्न सक्नेमा जोड दिनुभयो।

No comments: