लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्रीका लागि उम्मेदवारी दिएको नेपाली कांग्रेस र प्रधानमन्त्रीय निर्वाचनमा तटस्थ बसेको नेकपा एमालेका नेताहरुबीच आज छलफल भएको छ।एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफल सकारात्मक रहेको दुवै दलका नेताहरुले बताएका छन् । देशलाई अनिर्णयको बन्दी बनाउन नहुनेमा सहमति भएको पनि बैठकपछि नेताहरुले जानकारी दिएका छन् ।बैठकमा एमालेका अध्यक्ष झलनाथ खनालले उम्मेदवारी फिर्ता लिएर सहमतिको वातावरण बनाउन कांग्र्रेसका नेताहरुसँग आग्रह गर्नुभएको छ। उहाँले बहुमतीय प्रक्रिया छाडेर सहमतीय प्रक्रियामा आउन पनि आग्रह गर्नुभएको थियो।जवाफमा कांग्रेस नेताहरुले चुनाव भइरहेकाले उम्मेदवारी फिर्ता लिने अवस्था नभएको भन्दै सहयोग गर्न आग्रह गरेका छन् । उनीहरुले बहुमतीयमा पनि सहमति खोज्न सकिने भन्दै आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।कांग्रेसबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका रामचन्द्र पौडेलले एमालेका नेताहरु पहिलाभन्दा अहिले बढी सकारात्मक भएको पाइएको जानकारी दिनुभयो । उहाँले अबको प्रधानमन्त्रीय निर्वाचनमा एमालेले कांग्रेसलाई सहयोग गर्ने विश्वास समेत व्यक्त गर्नुभएको छ।
No comments:
Post a Comment