News

Aug 8, 2010

मतदान मार्फत विवाद टुंग्याउन दलहरु सहमत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण २३ - संविधानसभा अन्र्तगतका विभिन्न बिषयगत समितिमा देखिएका मतभेदलाई मतदान प्रक्रियाबाट अन्त्य गर्न प्रमुख तीन दल सहमत भएका छन् । उनीहरुले प्रश्नावली मार्फत बहुमतका आधारमा असहमतिको छिनोफानो गरेर संवैधानिक समितिमा पठाउने सहमति गरेका हुन् । आइतबारको छलफलमा माओवादी, कांग्रेस र एमालेले राष्ट्र हित संरक्षण समितिको प्रतिवेदनको प्रश्नावलीलाई छ बुँदामा बिभाजित गरेका छन् । कांग्रेस सचेतक लक्ष्मण घिमिरेले प्रश्नावलीलाई बहुमतका आधारमा संवैधानिक समितिमा पठाइने जानकारी दिए । संविधानसभाको म्याद एक बर्ष थपिएको दुई महिना पुगिसक्दा पनि संविधान निर्माण प्रकृया अघि बढ्न सकेको छैन् ।

No comments: