News

Aug 1, 2010

शोभराजकी पत्नी र सासूलाई सर्वोच्चमा उपस्थित हुन आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण १६ - चार्ल्स शोभराजकी पत्नी निहिता विश्वास र अधिवक्तासमेत रहेकी उनकी आमा शकुन्तला थापालाई तीन दिनभित्र हाजिर हुन सर्वोच्च अदालतले आदेश दिएको छ । अदालतको अपहेलना गरेको भन्दै अधिवक्ता शान्ता सेढाइँ र राजन अधिकारीले दायर गरेको रिटमा न्यायाधीश रामकुमार प्रसाद साहको एकल इजलासले यस्तो आदेश सुनाएको हो । तीन दिनभित्र उपस्थित नभएमा स्थानीय प्रहरीको सहयोगमा पक्राउ गरिनेसमेत आदेशमा उल्लेख गरिएको सर्वोच्चका प्रवक्ता श्रीकान्त पौडेलले बताए । 'अदालतको अपहेलना भएमा कारवाही र सजाय किन नहुनुपर्ने, कारवाही र सजाय हुनु नपर्ने कानुन वमोजिमको आधार र कारण भए सूचना पाएको दिन दिनभित्र यस अदालतमा बयान दिन आफू उपस्थिति हुनू,' सर्वोच्चको आदेशमा भनिएको छ, 'म्यादको तारेख थामिने छैन, वारेसनामासमेत लाग्ने छैन ।' सर्वोच्चले नेपाल बार एसोसिएसन र सर्वोच्च बारबाट तीन तीन जना बरिष्ठ अधिवक्ता वा अधिवक्ता इमिकस क्यूरी गठन गरी पठाउनसमेत आग्रह गरेको छ ।

No comments: