News

Aug 1, 2010

सेनाको चार दिने सम्मेलन सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १६, नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक कमाण्डको संयुक्त आयोजनामा शान्ति तालिम केन्द्र 'कमाण्डेण्ट'हरूको चार दिने सम्मेलन आइतबार सुरू भएको छ। सम्मेलनमा नेपाल सहित ९ मुलुकका सैनिक अधिकारी सहभागी छन्। एशिया प्रशान्त क्षेत्रका शान्ति कार्य तालिम केन्द्रका कमाण्डाण्टहरुबीच शान्ति स्थापना कार्यसम्बन्धी ज्ञान, अनुभवको आदान-प्रदान तथा आपसी सम्बन्धविस्तारका उपाय र क्षेत्रीय संगठनको स्थापनासम्बन्धी छलफल गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो।
अमेरिकी सरकारको सहयोगमा सञ्चालित उक्त सम्मेलनमा नेपाललगायत बंगलादेश, कम्बोडिया, इन्डोनेसिया, मलेसिया, मंगोलिया, फिलिपिन्स, श्रीलंका र थाइल्याण्डका शान्ति कार्य तालिम केन्द्रका कमाण्डाण्टहरु तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ। काठमाण्डौंस्थित होटल याक एण्ड यतिमा एक समारोहबीच सैनिक विनय महानिर्देशक उपरथी अनिलजंग थापाले उदघाट्न गरे। नेपालमा नै पहिलो पटक संचालित यस सम्मेलन साउन १९ गते समापन हुनेछ।

No comments: