News

Aug 2, 2010

प्रधानमन्त्रीको चुनाव साउन २० मा हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १७- आज हुने चुनावबाट पनि नयाँ प्रधानमन्त्रीको चयन नभए अर्को चुनाव साउन २० मा हुने भएको छ। सभामुख सुवाषचन्द्र नेम्वाङले मुख्य दलका प्रमुख सचेतकसँगको छलफल गरी यस्तो निर्णय गरेका हुन्। संसदमा आज हुने मतदानबाट पनि नयाँ प्रधानमन्त्री चयनको सम्भावना न्युन देखिएपछि सभामुखले मुख्य दलका सचेतकसँग नयाँ चुनाव तिथि बारे छलफल गरेका हुन्। यो निर्णयले औपचारिकता भने पाइसकेको छैन। 'आज पनि प्रधानमन्त्री चयन नभए २० गते संसदमा नयाँ चुनाव गर्ने निर्णय भयो', सभामुखसँगको बैठकपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका मुख्य सचेतक रामजनम चौधरीले नागरिकन्युजसँग भने- 'यो निर्णयलाई कार्यवस्था परामर्श समितिको बैठकले आधिकारिकता दिनेछ।'

No comments: