लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीलाई नेपाल मजदुर किसान पार्टीले समर्थन गर्ने जनाएको छ। आज हुने प्रधानमन्त्रीको लागि तेस्रो निर्वाचनमा माओवादीकाबाट प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डको पक्षमा मतदान गर्ने भएको हो।नेमकिपाका ५ सभासद रहेका छन्।नेमकिपाले उठाउँदै आएका १५ बुँदे मागप्रति माओवादी महासचिव रामबहादुर थापाले लिखित प्रतिवद्धता पठाएपछि संसदीय दलको सोमबार बसेको बैठकले दाहालको पक्षमा मतदान गर्ने निर्णय गरेको सचेतक सुनिल प्रजापतिले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । मुलुकलाई लामो समयसम्म सरकार विहीनताको अवस्थामा राख्न नहुने ठहर गर्दै दाहाललाई समर्थन गर्ने निर्णय बैठकले गरेको हो ।
No comments:
Post a Comment