लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्रीका लागि तेस्रो चरणमा भएको निर्वाचनमा पार्टी र पार्टी आबद्ध मधेसी मोर्चाको निर्णय विरुद्धमा गएर फ्लोर क्रस गर्ने ११ जना सभासद्लाई कारबाही गर्न मधेसी जनअधिकार फोरमले नसक्ने भएको छ। संविधानसभामा जम्मा २५ सदस्य भएको फोरमले कारबाही गर्दा ती ११ सभासद् पनि अर्को पार्टीमा जाने वा विभाजित हुने अवस्था आउने र यसो गर्दा पार्टीको शक्ति पूर्ण रुपमा क्षय हुने निष्कर्ष निकाल्दै फोरमले थामथुम पारेर मिलाउने नीति तय गरेको छ।पार्टीनीति उल्लंघन गर्नेहरुलाई कारबाही गर्न नसक्ने अवस्थामा अन्य पार्टी नेता कार्यकर्ताहरुले भने नेतृत्वको व्यापक विरोध गरेका छन्।
No comments:
Post a Comment