News

Aug 4, 2010

वाणिज्य बैंकको ९० लाख रुपैयाँ गायब

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण १९ - बर्दियास्थित राष्ट्रिय वाणिज्य बैंकको गुलरिया शाखाबाट ९० लाख रुपैयाँ हराएको छ । एकजना कर्मचारीले कोक्षबाट रकम झिेकर बेपत्ता भएको आशंकामा छानबिन सुरु भएको छ । हराएपछि अनुसन्धानको दायरमा परेका बैंकका प्रबन्धक अनिलकुमार मल्लले खजान्ची प्रेमबहादुर सोडारीले रकम लगेर फरार भएको आरोप लगाएका छन् । बैंकको आन्तरिक लेखा परीक्षक तथा सहायक लेखाअधिकृत रामचन्द्र जिसीको टोलीले कोष छानबिन गर्ने क्रममा ९० लाख गायब भएको फेला परेको हो । रुपैयाँ गायब भएकोबारे बैंकले साउन १६ गते थाहा पाएको जनाएको छ । तीन दिनसम्म घटनालाई बैंकले गोप्य राखेको थियो ।

No comments: