News

Aug 1, 2010

ठूलो संख्यामा निःशुल्क सफ्टवेयर उपलब्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इन्टरनेटमा ठूलो संख्यामा निःशुल्क सफ्टवेयर उपलब्ध छन् । यसमध्ये कतिपय त राम्रो गुणस्तरका समेत छन् र ठूला कम्पनीका चर्चित उत्पादनसँग टक्कर लिन सक्ने खालका छन् । यस्ता सफ्टवेयरको प्रयोग गर्नु प्रयोगकर्ताका लागि सजिलो भने छैन किनकि यस्तो सफ्टवेयरको कुनै ग्यारेन्टी हुदैन र डाउनलोडपछि कुनै पनि किसिमको सेवा उपलब्ध हुँदैन । तैपनि, यस्ता सफ्टवेयरको उपयोगितामा कुनै शंका छैन र थोरै मिहिनेत र खोजबिन गरेरै निःशुल्क सफ्टवेयर उपलब्ध हुन्छन् ।
निःशुल्क डाउनलोडका लागि उपलब्ध सफ्टवेयर विभिन्न किसिमका छन् । खासगरी, फ्रीवेयर, सेयरवेयर, टायल, वेटार ओपन सोर्स बढी चल्तीमा छन् । फ्रीवेयर पूरै निःशुल्क र विनासर्त उपलब्ध हुन्छन् । सेयरवेयर निर्धारित समयसम्म निःशुल्क रूपमा चलाउन सकिन्छ । निश्चित समयपछि यो आफैँ निष्क्रिय हुन्छ ।
कुनै-कुनै सफ्टवेयरको ट्रायल भर्सन पनि निःशुल्क डाउनलोड गर्न सकिन्छ । यस्ता सफ्टवयेर पनि निश्चित समयसम्म निःशुल्क चलाउन सकिन्छ । बेटा सफ्टवेयर निःशुल्क उपलब्ध गराउनुको उद्देश्य त्यसको परीक्षण गर्नु हो । कुनै सफ्टवेयरको पूर्ण संस्करण बिक्रीका लागि बजारमा ल्याउनुअघि कुनै निश्चित अवधिका लागि यसको बेटा संस्करण इन्टरनेटमा उपलब्ध गराइन्छ ।
यो अवधिमा प्रयोगकर्ताले त्यसको कमी-कमजोरी र गर्नुपर्ने सुधारबारे आफ्नो विचार सम्बन्धित कम्पनीमा पठाउन सक्छन् । यो प्रक्रियामा दुवै पक्षलाई फाइदा हुन्छ । कम्पनीलाई वास्तविक उपभोक्ताको प्रतिक्रिया मिल्छ भने प्रयोगकर्ताले पनि राम्रो सफ्टवेयर बजारमा आउनुअघि नै निःशुल्क प्रयोग गर्न पाउँछन् । जहाँसम्म ओपन सोर्स सफ्टवेयरको सम्बन्ध छ यो पूरै निःशुल्क पाइने सफ्टवेयर हो । जसको प्रमोसनका लागि इन्टरनेटमा ठूलो अभियान चलिरहेको छ ।
लिनक्स अपरेटिङ सिस्टमका अधिकांश सफ्टवेयर ओपन सोर्सका रूपमा विकास गरिएको छ । जसमध्ये अधिकांश निःशुल्क उपलब्ध छन् । विन्डोज, म्याक तथा अन्य अपरेटिङ सिस्टमका लागि पनि ओपन सोर्स सफ्टवेयर लाखौँको संख्यामा निःशुल्क उपलब्ध छन् । यी सफ्टवेयर असीमित अवधिका लागि निःशुल्क चलाउन सकिन्छ ।

No comments: