लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मकाउ, श्रावण १९ - रोजगारीमा स्वदेशीलाई प्राथमिकता दिने मकाउ सरकारको हालै पारित नीतिपछि यहाँका पाँच ठूला क्यासिनो, होटल तथा सेक्युरिटी कम्पनीले १ सय ५३ नेपाली कामदारलाई अवकाश दिएको छ । यसैमध्येको एक ल्यान्डमार्कले सबैभन्दा बढी ५३ नेपाली कामदारलाई एकैपटक निष्कासन गरेको हो । यस लगायत पोन्टे सिक्सटिन-२३, न्यू सेन्चुरी-२१ र ग्राण्ड लापाबाट १९ नेपाली कामदार निकालिएका छन् । सेक्युरिटी कम्पनी गार्डफोर्सले २१ र जिफोरएसले ७ कामदारलाई फिर्ता पठाएको छ । अवकाश पाउनेहरुमा अठार महिना देखि एघार बर्षम्म काम गरेकाहरु छन् । कतिपय कम्पनीले दुई हप्ताको छोटो सूचना अवधिमा विना क्षतिपूर्ति अवकाश दिएको नेपाली कामदारको गुनासो छ । थोरैले भने रोजगारी अवधि अनुसार बर्षको पन्ध्रसय पटाकासम्मका दरले क्षतिपुर्ति पाएको बताए ।
No comments:
Post a Comment