News

Aug 3, 2010

क्रान्तिकारीले क्याम्पसका प्रमुखसहित तीन जनालाई थुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इलाम, साउन १८- माओवादी विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीले स्वायत्तताको विरोध गर्दै महेन्द्र रत्‍न बहुमुखी क्याम्पसका प्रमुखसहित तीन जनालाई थुनेका छन्। उनीहरुले क्याम्पस प्रमुख जसबहादुर लुङ्गेली, सहायक प्राध्यापक डा. नृसिंहकुमार खत्री र भूतपूर्व सैनिक मरब क्याम्पस सहयोग समितिका अध्यक्ष प्रेमराज राउतलाई थुनेका हुन।
उनीहरुलाई १३ नम्बर हलमा मङ्गलबार दिउसो ११ बजेदेखि २ घन्टा थुनेका हुन्। त्यस हलमा प्राध्यापकहरुको अनुसन्धान विधि र कर्मचारीको कम्प्युटरसम्बन्धी तालिमको समापन तथा प्राध्यापकका लागि सञ्चालन हुने कम्प्युटरसम्बन्धी तालिम उद्‍घाटन कार्यक्रम सुरु हुन लागेको थियो। ‘कार्यक्रम सुरु हुन लागेको बेला उनीहरु आएर सबैलाई बाहिर निस्कन भने तर हामी तीन जना ननिस्केपछि बाहिर ताला लगाएर गए'- क्याम्पस प्रमुख लुङ्गेलीले बताए।क्रान्तिकारीका विद्यार्थीले दुई घण्टापछि आफैं आएर ताला खोलिदिएका थिए र निर्धारित कार्यक्रमको व्यानर तथा बाँड्न तयार गरिएको प्रमाणपत्रहरु लिएर गएको क्याम्पसले जनाएको छ। क्याम्पस प्रमुखले क्रान्तिकारीले यसअघि कुनै माग, विरोधका बारेमा जानकारी नगराएकाले कार्यक्रम विथोल्नुको कारण थाहा नभएको बताएका छन्।

No comments: