News

Aug 2, 2010

ड्रागन एयरले काठमाडौं- हङकङ साताको ६ उडान गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण १७ - ड्रागन एयरले काठमाडौं- हङकङ साताको ६ उडान गर्ने भएको छ । भदौ १६ गतेदेखि उडान संख्या थप गर्ने जानकारी आइतबार आयोजित पत्रकार सम्मेलनमा दिइएको हो । हाल यो रुटमा एयरले साताको ३ उडान गर्दै आएको छ । यसका साथै कम्पनीले कात्तिक मध्यदेखि दैनिक उडान सुरु गर्न दिएको प्रस्ताव सरकारले स्वीकृत गरिसकेको जनाएको छ । यात्रुहरूलाई सरल र सहज सेवा प्रदानका लागि उडान संख्या थप गर्न लागिएका नेपाल कार्यालयका म्यानेजर एलासडेयर बोयडले बताए । 'अन्तर्राष्ट्रिय पाहुनाका लागि यो निकै महत्त्वपूर्ण गन्तव्य हो,' उनले भने, 'सबै विमान कम्पनी यहाँ सेवा विस्तार गर्न चाहन्छन् ।'
क्याथे प्यासिफिक समुहको सदस्य एयरले हालै मात्र विश्वकै उत्कृष्ट क्षेत्रीय विमान कम्पनीको सम्मान पनि पाएको छ । एयरले सन् २००७ को डिसेम्बरदेखि नेपालमा हवाई सेवा सुरु गरेको हो । अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीमध्ये ड्रागनले सन् २००९ मा ३ सय ९० हवाई उडान गरी ४७ हजार ६ सय ५८ यात्रु बोकेको छ । जसमध्ये २५ हजार ४ सय ५१ विदेशी आएका छन् भने २२ हजार २ सय ७ नेपालबाट बाहिरिएका छन् । 'उडान थप गरेपछि सेवा गुणस्तरमा थप सुधार ल्याई यात्रुलाई सन्तुष्ट बनाउने प्रयास रहनेछ,' बोयडले भने, 'उडान थप हुनु २०११ का लागि फाइदाजनक हुनेछ ।'

No comments: