लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालगन्ज , श्रावण १८ - प्रहरीले बिभिन्न होटलहरुमा छापा मारेर यौन क्रियाकलापमा संलग्न २० जोडीलाई पक्राउ गरेको छ । अपराधिक र बेश्यावृतिका घटनाहरु रोक्न जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जका होटलहरुमा परिचयपत्रको व्यवस्था लागू गरेको छ । अव होटल व्यवसायीहरुले सेवाग्राहीहरुको स्पष्ट परिचय खुल्ने परिचयपत्र आफैसँग राख्नुपर्ने छ । यसअघि बिभिन्न समयमा परिचयपत्रको व्यस्था लागू गरिएपनि कार्यान्वयन भएको थिएन । यस्तो व्यवस्था उल्लंघन गर्ने व्यवसायीहरु माथि कारवाही गरिने प्रहरीले जनाएको छ ।
साउन ७ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले परिचयपत्र लागू गर्ने निर्णय गरेपछि प्रहरीले होटलहरुमा छापा मार्न शुरु गरेको हो । प्रहरीले नेपालगन्जका होटलमा छापा मारेर यौन क्रियाकलापमा संलग्न भएको अभियोगमा ४० जना युवा-युवतीलाई नियन्त्रणमा लिएको थियो । न्युरोड, बसपार्क, बिपिचोक, धम्बोजी लगायतका क्षेत्रका बिभिन्न होटलहरुबाट उनीहरु पक्राउ परेका हुन । पक्राउ पर्नेमा सेनाका चारजना जवान समेत छन ।
नगरका शिव गेष्ट हाउस, मनकामना, भरिपुर्ण, साईनो, स्वस्तिक, रोयललगायतका होटलहरुबाट उनीहरुलाई पक्राउ गरेको हो । अबैध यौनजन्य क्रियाकलापमा संलग्न पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुमध्ये नौ जना १८ बर्ष मुनिका छन् । पक्राउ पर्ने पुरुषहरुमा बैंकका कर्मचारीहरु, व्यापारीहरु र विद्यार्थी छन् । केही युवतीहरु काठमाडौबाट समेत यौन व्यवसायका लागि नेपालगन्ज आएको भेटिएको प्रहरीले बताएको छ । होटलहरुमा यौन व्यवसाय हुने गरेको खबर पाएपछि छापा मारिएको प्रहरी उपरीक्षक महेश बिक्रम शाहले बताए । यौन व्यवसाय गराउने होटल संचालकलाई पनि कारबाही गरिने उनको दाबी छ ।
प्रहरी निरीक्षक खेमबहादुर केसीका अनुसार, बिभिन्न चरणको अनुसन्धान पछि केहिलाई सम्झाएर अभिभावकको जिम्मा लगाईएको छ । १६ जनालाई सार्बजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाईएको छ । 'ब्यवसायिक रुपमा संलग्न र पटक पटक पक्राउ परेकाहरु माथि कानुनी कारवाही सुरु गरिएको छ ।' निरीक्षक केसीले भने ।

No comments:
Post a Comment