लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएको आधारपत्रका विषयमा फेरी अर्को पत्र पठाएको छ। केही संशोधनसहित पत्र पठाएको माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो।यसअघि आजै बसेको एकीकृत नेकपा माओवादी र मधेसी मोर्चाबीच नयाँ प्रधानमन्त्री चयनको विषयमा छलफल गर्न बसेको बैठक निष्कर्षविहीन भएको थियो। दलहरु आ-आफ्नै अडानमा रहेपछि बैठक निष्कर्षविहीन बन्न पुगेको थियो।छलफल अगाडि आन्तरिक छलफलमा जुटेका नेताहरुले संयुक्त छलफलमा आ-आफ्नो अडान कायम राखेपछि आज पनि व्यवस्थापिका संसदबाट प्रधानमन्त्री निर्वाचित हुने सम्भावन क्षिण भएको छ। माओवादीले मोर्चाले राखेको एक मधेस एक प्रदेश, सेनामा मधेसी समुदायको सामुहिक प्रवेश, नागरिकता लगायतका राष्ट्रिय सुरक्षाका मुद्दाहरुमा सम्झौता गर्न नसक्ने जवाफ दिएपछि सहमति कायम हुन नसकेको हो।यस्तै माओवादीले सरकार निर्माण भएको एक महिनाभित्र समायोजन हुने माओवादी सेनाको संख्या तोक्ने मागप्रति पनि असहमति जनाएको छ।
No comments:
Post a Comment