News

Aug 5, 2010

माओवादी र मधेसी महिला सभासद्हरु बीचको छलफल विथोलियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण २० - माओवादी र मधेसी महिला सभासद्हरु बीचको गोप्य छलफललाई फोरम लोकतान्त्रिकको युवा समुहले विथोलेको छ । बानेश्वरस्थित होटल सनसेटमा बिहीबार छलफल भइरहेको बेला दुई वटा सरकारी गाडीमा युवाहरुको समुह बैठकस्थल प्रवेश गर्न थालेपछि सभासद्हरु होटल पछाडीको ढोकाबाट बाहिरीएका थिए । छलफल चलिरहेकै बेला मधेसी युवा फोरमका सचिव समीर रानाले नेतृत्व गरेको समुह बैठकस्थल आइपुगेको थियो । सुरुमा उनीहरुलाई होटल प्रशासनले सिधै बैठकस्थल जान नदिएपछि त्यही मौका छोपेर सभासद्हरु पछाडीको ढोकाबाट बाहिरीएका हुन् । गाडी मेलम्चि खानेपानी परियोजनाको रहेको बताइएको छ ।

No comments: