News

Aug 5, 2010

मातृका र जगतको सभासद् पद समाप्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा माओवादी बाट संविधानसभाका सदस्य भएका मातृका यादव र जगतप्रसाद यादवको सदस्य पद बुधबारबाट कानुनी रुपमा नै समाप्त भएको छ। न्यायाधीशहरु बलराम केसी रणबहादुर बम र मोहनप्रकाश सिटौलाको इजलासले उनीहरुको मागबमोजिम संविधानसभाको सदस्यमा पुनः स्थापित गर्न नसकिने बुधबार ठहर गरेपछि सदस्य पदको कानुनी हैसियत समाप्त भएको हो।यादवद्वयले माओवादी पार्टी परित्याग गरेपछि उनीहरुलाई संविधानसभाको सदस्य पदबाट हटाइएको थियो। सदस्यबाट हटाइएको कार्य संविधान र कानुनविपरीत भएको दाबी गरी रिट निवेदन दायर गरिएको थियो। सर्वोच्च अदालतले माओवादी र संयुक्त जनमोर्चा एकीकृत भई नयाँ पार्टी एकीकृत नेकपा माओवादी गठन भएको जनाई यादवद्वयलाई माओवादी पार्टीको हैसियतले सदस्यमा पुनःस्थापित गर्न नसकिने ठहर गरेको हो।यसअघि सर्वोच्च अदालतले यादवद्वयलार्य सदस्य पदबाट हटाउने कार्य कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश दिएको थियो। सर्वोच्च अदालतको बुधबारको आदेशमा भनिएको छ- यस अदालतबाट जारी भएको अन्तरिम आदेश स्वतः निष्क्रिय हुनेछ।

No comments: