News

Aug 5, 2010

चार्ल्स सोभराजकी श्रीमती र सासू थुनामुक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २०- चार्ल्स सोभराजकी २२ वर्षे श्रीमती निहिता विश्वास र अधिवक्ता सासू सकुन्तला थापा बिहीबार थुनामुक्त भएका छन्। सर्वोच्चले बार एशोसिएशनको जिम्मामा शुक्रवार अदालतमा उपस्थित हुनेगरी रिहा गर्न आदेश दिएपछि २४ घण्टा प्रहरी थुनामा बिताएर उनीहरु मुक्त भएका हुन्। बुधबार बयान नसकिएको भन्दै थुनामा पठाएको सर्वोच्चले बिहीबार नेपाल बार र सर्वोच्च बारको जिम्मामा शुक्रवार उपस्थित हुने गरी उनीहरुलाई छाड्न आदेश दिएको छ। निहिताको बयान सर्वोच्चमा अझै सकिएको छैन। बयान दिँदै सोभराज श्रीमती निहिताले बिहीबार न्यायालय र न्यायाधीश समक्ष माफी मागेकी छन्। 'फैसलामा न्यायाधीशले प्रमाण हेर्लान भनेको पुनरावेदनको फैसला मात्रै हेरे', बिहीबार सर्वोच्चमा बयान दिँदै निहिताले भनिन्-'सोभराजसँगको सम्बन्धले गर्दा मर्माहत भएर गल्ती गरेँ, माफी चाहन्छु।' आवेशमा न्यायालय र न्यायाधीशलाई गाली गरेको स्वीकार्दै त्यसमा आफूहरुलाई दुःख लागेको निहिताले बताइन्।

No comments: