लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा (माओवादी) का सचिव सिपी गजुरेलले चार चरणसम्मको निर्वाचन सम्पन्न हुँदा पनि प्रधानमन्त्रीको चयन हुन नसक्दा दलहरूप्रति जनतामा अन्योल र वितृष्णा उत्पन्न भएको बताउनुभएको छ ।जनसञ्चार अभियानद्वारा आयोजित कार्यक्रममा उहाँले अहिलेको विशिष्ट परिस्थितिमा दलहरू सहमतीय प्रणालीमा जानु उपयुक्त रहेको बताउनुभयो ।सचिव गजुरेलले माओवादी निशस्त्र भएपछिमात्र जनताको पार्टी हुने भन्ने नेपाली काँग्रेस र नेकपा एमालेको बुझाई गलत भएको उल्लेख गर्नुभयो ।उहाँले भन्नुभयो-’जनताले संविधानसभाको निर्वाचनमार्फत् सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा माओवादीलाई स्वीकारी सकेपछि अरु राजनीतिक दलले नागरिक पार्टीका रूपमा रुपान्तरण हुनुपर्छ भन्ने भनाइले कुनै महत्व राख्दैन ।”
No comments:
Post a Comment