News

Aug 6, 2010

माओवादी जनसेनामा भर्ना रोक्न निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सेना समायोजन विशेष समितिले माओवादी जनसेनामा भर्ना रोक्न निर्देशन दिएको छ । समितिको बिहीबार बसेको अनौपचारिक बैठकले जनसेनामा भर्ना खोल्नु शान्तिसम्झौताविपरीत भएको भन्दै रोक्न निर्देशन दिएको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कांग्रेस नेता डा. रामशरण महतले विशेष समितिले जनसेनाको भर्ना रोक्ने निर्देशन दिने निर्णय गरेको बताए । बैठकमा माओवादीका तर्फबाट सदस्य रहेका वर्षमान पुन र जनार्दन शर्मा तथा फोरमका जयप्रकाशप्रसाद गुप्ता उपस्थित थिएनन् । नेपाली सेनाले तीन हजार चार सय बढी संख्याका लागि भर्ना खुलाएपछि केही दिनअघि माओवादी जनासेनाले पनि भर्ना खोलेको घोषणा गरेको थियो ।

No comments: