लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ प्रधानमन्त्री चयन गर्ने अन्तिम दिनमा आएर नेकपा माले विभाजनको शिकार भएको छ। मालेका पोलिटव्यूरो सदस्य जगतबहादुर बोगटीले चार जना सभासद्सहित नेकपा माले (समाजवादी) नामक नयाँ पार्टी गठन गरेपछि माले विभाजन भएको हो ।पार्टी गठन लगतै मत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दिने उल्लेख गरेको छ । जनताले सुम्पेको शान्ति र संविधान निर्माणको कार्यलाई मालेका महासचिव सीपी मैनालीले वेवास्त गरेको भन्दै उनीहरुले नयाँ पार्टी गठन गरेको केन्द्रीय कार्य समितिको नाममा जारी बिज्ञप्तिमा उल्लेख छ ।नयाँ पार्टी गठन गरेको कुरा सभामुख सुभाष नेम्वाङलाई जानकारी गराइसकेका छन् भने शुक्रबार नै निर्वाचन आयोगमा दर्ताको प्रकृया सुरु गरिनेसमेत उल्लेख गरिएको छ ।नयाँ पार्टीमा सभासद्हरु शारदा नेपाली, तिलक थापा मगर, यदुवंश झा र गणेश चौधरी छन् । अव मालेसंग पाँच जना मात्र सभासद् बाँकी रहेको छ ।नयाँ पार्टीको अध्यक्षमा बोगटी, सहअध्यक्षमा विष्णु राज अर्याल, सचिवमा यदुवंश झा, कोषाध्यक्ष तिलक थापा मगर तथा सदस्यमा गणेश चौधरी सहित २१ सदस्यीय कार्यसमिति गठन गरिएको जनाइएको छ ।बोगटीले मालेका महासचिव मैनालीले पार्टीलाई जनताको दृष्ट्रिमा गिराउने काम गरेको, गुटवन्दी गरेको, प्रतिक्रियावादीहरुको सल्लाहकारको रुपमा काम गरेकोलगायतका आरोप लगाएका छन् ।साथै दलले संसदीय दलको नेता यदुवंश झा र सचेतक तिलक थापामगरलाई चयन गरेको छ ।
No comments:
Post a Comment