लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २१,बहुमत जुट्न नसक्दा चौथो पटक पनि प्रधानमन्त्री चयन असफल भएको छ। संसदमा भएको मतदानमा प्रधानमन्त्रीका प्रत्यासी पुष्पकमल दाहाल र रामचन्द्र पौडेल दुवैको पक्षमा ३ सय मत जुट्न सकेन। माओवादी अध्यक्ष दाहालले २ सय १२ मत पाए भने कांग्रेस संसदीय दलका नेता पौडेलले १ सय २२ मत पाए। संसदमा माओवादीका २ सय ३९ सदस्य छन् तर उनको शुक्रवारको चुनावमा दाहालले २ सय १३ मत मात्र पाए। दाहालले पाएको मत संख्या माओवादीको संसद सदस्यभन्दा कम हो। संसदमा माओवादी माओवादीका २ सय ३९ सदस्य छन्। यस अघिको मतदानमा उनले २ सय ५९ मत पाएका थिए। दाहालको विपक्षमा ९९ मत पर्यो भने १ सय ५६ सांसद तटस्थ रहे।पौडेलको प्रस्तावमा १ सय २२ मत पर्यो। उनको विपक्षमा २ सय ४५ मत परेको छ। पौडेलको प्रस्तावउपर मतदान हुँदा १ सय ९४ मत तटस्थ रहे।
No comments:
Post a Comment