लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २०-एकीकृत नेकपा माओवादीले संविधानसभामा रिक्त दुई सदस्य पदमा सिराहाका रामकुमार पासवान र धनुषाका फर्मुद नदाफलाई पठाउने भएको छ। रिक्त पदमा समानुपातिकमा पासवान र नदाफलाई निर्वाचित गर्न माओवादीले बिहीबार निर्वाचन आयोगलाई पत्र पठाइसकेको छ। माओवादी र संयुक्त जनमोर्चाबीचको पार्टी एकता भई 'एकीकृत नेकपा माओवादी' को गठनलाई अस्वीकार गरी 'नेकपा माओवादी' कै नाममा नयाँ पार्टी बनाउन क्रियाशील रहेका मातृकाप्रसाद यादव र जगतप्रसाद यादवलाई सभासद्बाट हटाउन एकीकृत माओवादीले निवेदन दिएपछि उनीहरूको पद खारेज भएको थियो। पार्टीको निर्णयलाई सर्वोच्च अदालतले बुधबार सदर गरेपछि पार्टीलाई नयाँ सभासद् पठाउने बाटो खुलेको हो।
No comments:
Post a Comment