News

Aug 5, 2010

दाहाल, पौडेल, खनाल र यादवको पुत्ला दहन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिन्धुली, श्रावण २० - समयमै संविधान जारी गरि राजनीति गतिरोध अन्त्यका लागि सिन्धुलीको भिमानमा रहेको न्यू स्टार बाल क्लबले बिहीबार दिउँसो बिरोध र्‍याली गरेको छ । सुकेधाराबाट सुरु भएको विरोध र्‍यालीले भिमान बजार परिक्रमा गरेको थियो । र्‍यालीमा बालबालिकाहरुले नेतालाई कुर्सी, जनतालाई संविधान, समयमै संविधान जारी गर, कुर्सीको लुछाचुँडि बन्द गर जस्ता नारा लगाएका थिए । बालबालिकाहरुले ठुला चार राजनीतिक दलको संसदीय दलका नेताहरुको पुत्ला समेत दहन गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेसका रामचन्द्र पौडेल, एमाले अध्यक्ष झलनाथ खनाल र मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पुत्ला बालबालिकाहरुले भिमान बजारमा नङ्गाएर दहन गरेका थिए ।

No comments: