News

Aug 6, 2010

बेलायतले पनि शरणार्थी लैजान थाल्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
झापा, २० साउन,पूर्वीनेपालका भुटानी शरणार्थीको तेस्रोमुलुक पुनर्वास प्रक्रियामा बिहीबारदेखि बेलायतले पहिलोपटक औपचारिक रूपमा सहभागिता जनाएको छ । शिविरबासी भुटानी शरणार्थीलाई पुनर्वास गराउने बेलायत आठौ राष्ट्र हो । सन् २०१० भित्र एक सय शरणार्थीलाई आफ्नो मुलुकमा पुनर्वास गराउने पूर्वघोषित प्रतिबद्धताअनुसार, बेलायतले शरणार्थीको पुनर्वास प्रक्रिया अघि बढाएको थियो । बेलायतले नौ सय शरणार्थीलाई आफ्नो मुलुकमा पुनर्वास गराउने जनाएको छ । बेलायत पुनर्वास गराउन लागिएका सात परिवारका ३७ जना भुटानी शरणार्थीले बिहीबार शिविर छाडेको राष्ट्रसंघीय शरणार्थी आयोगको दमकस्थित कार्यालयका सूचना अधिकृत प्रतिवेदन वैद्यले बताए । हालै बेलायतका तीनजना अध्यागमन अधिकारीको टोलीले शिविरमा आएर शरणार्थीको अन्तर्वार्तालगायतका प्रक्रिया पूरा गरेको थियो ।

No comments: