लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१६ साउन,सरकारले अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) सँगको सहकार्यमा रोजगारीका क्रममा लिबियाको एक निजी कम्पनीमा बन्धक बनाइएका एक सय सात नेपाली कामदार आगामी तीन साताभित्र स्वदेश फर्काउने तयारी गरेको छ । वैदेशिक रोजगार प्रवर्धन बोर्डअन्तर्गतको कल्याणकारी कोष, अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) र बन्धक बनेका नेपालीका आफन्तजनका तर्फबाट स्वदेश फर्काउनका लागि आवश्यक रकम उपलब्ध गराइएपछि उनीहरूको स्वदेश फिर्ती सम्भव भएको हो ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, उनीहरूको स्वदेश फिर्तीका लागि प्रतिव्यक्ति १५ सय अमेरिकी डलर लाग्ने जानकारी लिबियाका अधिकारीबाट पाएपछि चार महिनाअघिदेखि ती कामदारको स्वदेश फिर्ती हुन सकेको थिएन । ती कामदारको स्वदेश फिर्तीका लागि सहयोग पुर्याइदिन अनुरोध गर्दै सरकारले लिबिया सरकारलाई आइतबार औपचारिक पत्राचार गरेको छ ।
इजिप्टको कायरोस्थित नेपाली दूतावासमार्फत सीधै लिबिया सरकारलाई आइतबार औपचारिक पत्र पठाई परराष्ट्र मन्त्रालयले ती कामदारको सकुशल स्वदेश फिर्तीका लागि अनुरोध गरेको हो । सरकारले हालसम्म श्रम स्वीकृति नदिएको भए पनि दलालको फन्दामा परेर तीन महिनाअघि ती कामदार भारतको नयाँदिल्ली हुँदै लिबिया पुगेका थिए । लिबियामा रोजगारीका लागि नेपालले हालसम्म खुला गरेको छैन ।
परराष्ट्रका एक उच्च अधिकारीले ती कामदारको ६ महिनाको पारिश्रमिक सम्बन्धित कम्पनीबाट उपलब्ध गराइदिन र सकुशल फिर्तीका लागि टिकट उपलब्ध गराइदिन अनुरोध गर्दै लिबिया सरकारलाई पत्राचार गरिएको नयाँ पत्रिकालाई जानकारी दिए । कामदारको सहज फिर्तीका लागि सघाइदिन आग्रह गर्दै मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)लाई पनि आइतबार नै पत्र पठाएको ती अधिकारीले जानकारी दिए ।

No comments:
Post a Comment