लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सर्वसाधारणमाथि कुटपिट गरेको आरोप खेप्दै आएका बारा रतनपुरी गाविसका तपस्वी रामबहादुर बम्जनलाई प्रहरीले कारबकाही नगर्ने भएको छ। पीडित पक्षले सम्बन्धित निकायमा रीतपूर्वक जाहेरी दर्ता नगराएपछि १७ सर्वसाधारणमाथि कुटपिटको आरोप लागेका तपस्वी बम्जनमाथि आधार फेला पार्न नसकेर प्रहरीले कारबाही नगर्ने भएको हो। जाहेरी आएको भए कारबाही प्रकृया अघि बढ्न सक्थ्यो -जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक मनोज न्यौपानेले भन्नुभयो- जाहेरीविना प्रहरीले कारबाही गर्न मिल्दैन।पीडित पक्षले तपस्वीको हेरचाह र सुरक्षाको लागि रतनपुरीमा गठन गरिएको नमोबुद्ध तपोवन संरक्षण समितिका पदाधिकारीहरुको अनुरोधमा बम्जनमाथि कानुनी कारबाही हुनुपर्ने भनेर यसअघि राख्दै आएको माग छाडेकाले प्रहरीको कारबाही प्रकृया रोकिएको हो। घटनालाई सामान्य भन्दै समितिका पदाधिकारीहरुले तपस्वीलाई विवादमा नल्याउन अनुरोध गरेपछि पीडित पक्षले कानुनी कारबाही प्रकृया रोकेको थियो। बाराको रतनपुरी गाविसस्थित हलखोरियाको जंगलमा तपस्या गरेर बसेका भनिएका तपस्वी बम्जनले एक साताअघि जंगलमा तरकारी खोज्न गएका मनहर्वा गाविसका १७ सर्वसाधारणलाई २४ घण्टा नियन्त्रणमा राखेर बन्चरोको बिंडले सांघातिक आक्रमण गरेर घाइते बनाएका थिए। घटनापछि पीडितहरुले तपस्वीमाथि कारबाहीको माग गर्दै प्रहरीचौकी जैतापुरमा ठाडो निवेदन दिएर जिल्ला प्रहरी कार्यालयमा घाउ जाँचसमेत गराएका थिए।
No comments:
Post a Comment