लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण १८ - नेपाली सेनाले भर्ना खोलेको एक दिन नबित्दै माओवादी सेनाले पनि मंगलबार भर्ना खोलेको छ । जनमुक्ति सेनाका प्रवक्ता चन्द्रप्रकाश खनालले विज्ञप्ती जारी गर्दै भर्ना खोलेको जनाएका छन् । माओवादी सेनाले १८ वर्ष उमेर पुगेका स्वस्थ, सक्षम, साक्षर शैक्षिक योग्यता भएका र जुझारु राष्ट्रिय भावनाले ओतप्रोत भएका नेपाली नागरिकबाट दरखास्त आहृवान गरेको छ । माओवादी सेनाले नेपाली सेनाले आहृवान गरेको भर्ना फिर्ता नलिएसम्म पदपूर्तिका लागि दरखास्त लिने जनाएको छ ।
माओवादी सेनामा भर्नाका लागि यस्ता छन् योग्यता
१) १८ वर्ष उमेर पुगेका स्वस्थ,सक्षम,नेपाली नागरीक
२) शैक्षिक योग्यता साक्षर
३) जुझारु राष्ट्रिय भावनाले ओतप्रोत भएको
थप जानकारीको लागी नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र, पाँच प्रति पासपोर्ट साइजको फोटोसहित सातवटै डिभिजनको डिभिजन हेडक्वार्टरमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

No comments:
Post a Comment