लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इलाम, साउन १८-जिल्ला प्रशासन कार्यालयमा आर्थिक वर्ष २०६५-०६६ को तुलनामा गत आव २०६६-०६७ मा जिल्लामा हातहतियार नवीकरण गराउनेको संख्या वृद्धि भएको छ। आव २०६५-६६ मा १६ वटा बन्दुकको नवीकरण भएकामा आव ०६६-०६७ मा २१ वटा बन्दुक नवीकरण भएको जिल्ला प्रशासन कार्यालय इलामका केशर महतले बताए। आव २०६६-०६७ मा हतियार नवीकरणबाट जिल्ला प्रशासन कार्यालयमा २१ हजार ४४० रुपैयाँ राजस्व सङ्कलन भएको छ।तर इलाममा लाइसेन्स लिएर प्रयोग भएका हतियार नवीकरण गरिएका छैनन्। केहीले १० वर्षदेखि हतियार नवीकरण नगरेको जिल्ला प्रशासन कार्यालयले बताएको छ।इलाममा पेस्तोल रिभल्वर, राइफल, टोटावाला, राइफललगायतका बन्दुक लाइसेन्स प्राप्त छन्।
No comments:
Post a Comment