लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपति डा रामवरण यादव र सभामुख सुवास नेम्बाङबीच संविधान लेखन र सरकार गठनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।राष्ट्रपति भवन शीतल निवासमा मंगलबार दिउँसो भएको छलफलमा तेस्रो पटक पनि प्रधानमन्त्री चयन नभएपछि जनतामा निरासा र अन्यौल बढेको हुँदा चौथौ चरणको निर्वाचनमा प्रमुख दलहरूले स्थापित मान्यताअनुसार सरकार गठन गर्न सक्षम हुने छन् भन्ने विषयमा छलफल भएको सभामुख नेम्बाङले जानकारी गराउनुभयो ।सरकार विहीनताको स्थिति चाँडै अन्त्य गरी राष्ट्रिय सहमतिका साथ संविधान लेखन र शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न लाग्नुपर्छ भन्ने बारेमा छलफल भएको नेम्बाङले उल्लेख गर्नुभयो ।उहाँले राष्ट्रपति डा यादव देशको राजनीतिक अन्यौलप्रति चिन्तित रहनुभएको बताउनुभयो ।
No comments:
Post a Comment