लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोर्ट-औं-प्रिन्स/ प्रसिद्ध हिपहप गायक वाइक्लिफ जिनले हैटीमा राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् । बिहीबार सिएनएनको ल्यारी किङ लाइभ कार्यक्रममार्फत जिनले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका थिए । उनले शुक्रबार श्रीमती र छोरीसहित हैटीको राजधानी पोर्ट-औं-प्रिन्समा अवस्थित निर्वाचन आयोगमा आफ्नो नाम दर्ता गराएका छन् । यही २८ नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि उम्मेदवारले नाम दर्ता गराउने अन्तिम म्याद शनिबारसम्म रहेको छ ।
सन् १९७९ देखि अमेरिकामा बस्दै आएका जेनले अब हैटीको कानुनअनुसार आफू राष्ट्रपति पदमा उठ्न योग्य भएको प्रमाणित गर्नुपर्ने छ । हैटीको कानुनअनुसार, राष्ट्रपति पदमा उठ्न चुनावको वेलासम्म लगातार ५ वर्ष हैटीमा बसेको र कहिले पनि विदेशी नागरिकता नलिएको हुनुपर्छ । नौ वर्षको उमेरमा अमेरिका गएका जिनको हैटीको पासपोर्ट छ । २००७ मा हैटीले आफूलाई दूतका रूपमा नियुक्त गरिएकाले चुनावको वेलासम्म लगातार ५ वर्षसम्म स्वेदशमा बसेको हुनुपर्ने नियम आफूलाई लागू नहुने उनी बताउँदै आएका छन् । जिन हैटीमा युवामाझ अत्यन्त लोकपि्रय छन् । निर्वाचन आयोगले राष्ट्रपति उम्मेदवारको अन्तिम सूची १७ अगस्टमा जारी गर्छ ।
हैटीमा जनवरीमा गएको महाभूकम्पपछि भूकम्पपीडित बालबालिकाका लागि जिनले च्यारिटी संस्था स्थापना गरेका थिए । तर, आर्थिक अनियमितताको आरोप लागेपछि यसै साता उनले संस्थाबाट राजीनामा दिएका छन् । 'म अमेरिकी राष्ट्रपति बाराक ओबामालाई अमेरिकाका लागि ओबामा छन् भने हैटीका लागि विक्लिफ जिन छन् भन्न चाहन्छु,' राष्ट्रपति पदका लागि आफ्नो नाम दर्ता गराएपछि उनले र्यालीमा भने । हैटीमा भूकम्प नगएको भए आफूले दस वर्षपछि मात्र राष्ट्रपतिमा उम्मेदवारी दिने उनले बताए ।

No comments:
Post a Comment